
काठमाडौँ — सत्तारुढ दल नेकपा माओवादी केन्द्रले राहत शिक्षकको माग आपसी छलफल गरेर टुंगोमा पुर्याउनुपर्ने बताएको छ । आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले राहत शिक्षकहरुको गुनासोको सन्दर्भमा राम्रोसित छलफल गरेर संवादको माध्यमबाटै हल गर्नुपर्छ भन्नेमा छलफल भएको र शिक्षा विधेयकका विषयमा सकेसम्म सबै सम्बन्धित पक्षहरूसँग छलफल गरेर निष्कर्षमा पुर्याउनुपर्छ भन्ने छलफल भएको बैठकपछि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकारहरुलाई जानकारी दिनुभयो ।
यस्तै बैठकले पछिल्लो समय मुलुकमा धार्मिक तथा साम्प्रदायिक ुद्भावनामा खललल पुग्न थालेको भन्दै सद्भाव कायम राख्नका लागि पनि अपिल गरेको छ । बैठकले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्द त्यसप्रति सचेत रहन र धार्मिक तथा साम्प्रदायिक सद्भाव जोगाउन सबै सचेत बन्नका लागि अपिल गरेको छ । पार्टी बैठकपछि सञ्चारकर्मी बैठकबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले देशका विभिन्न भागमा देखा परेको धार्मिक तथा साम्प्रदायिकता खल्बल्लिने गतिविधिको सम्बन्धमा बैठकमा छलफल भएको बताए ।
उनले देशमा अराजकताको संकेत देखापरेका भन्दै त्यसलाई गम्भीरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको बताउनुभयो । ‘देशका विभिन्न भागमा धार्मिक सद्भाव खल्बलिने कुरा, साम्प्रदायिक सद्भाव खल्बलिने कुरा भएका छन् । त्यसमा सद्भाव कायम गर्नुपर्छ । नेपालीहरूमा सामाजिक सद्भावको स्थिति पहिलेदेखि धेरै राम्रो छ । सामाजिक सद्भावलाई कायम गरिराख्नु पर्छ । अराजकताका संकेतहरू देखापरेका छन् । त्यसलाई हामीले बेलैमा गम्भीरतापूर्वक लिएर समाधान गर्ने दिशातिर जानुपर्छ,ु उनले भने, ुबेलैमा हरेक कुरालाई सम्बोधन गरियो भने समाधान भएर जान्छ, समयमै समाधान गर्ने पहलकदमी लिइएन भने विकराल रूप लिनसक्छ । त्यसैले बेलैमा सचेत भएर यी समस्या समाधान गर्नुपर्छ भनेर हाम्रो छलफल भयो । पार्टीका नेता र जनताले पनि सामाजिक सद्भाव कायम राख्न सबै लाग्नुपर्ने कुरा भएको उहाको भनाई थियो ।