
काठमाडौं । संयुक्त राष्ट्र संघको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किनु भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारीले प्रधानमन्त्रीलार्य स्वागत गर्नुभएको थियो ।
प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले विमानस्थलमा स्वागत सलामी अर्पण गरेको थियो । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधित्व मण्डल आज चीनको छन्दुबाट नेपाल फर्किएको हो । प्रधानमन्त्रीको टोलीलाई सिचुवान प्रान्तका उच्च अधिकारी, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए । प्रधानमन्त्रीले चीनमा रहँदा राष्ट्पतिदेखि प्रधानमन्त्रीसहित उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभएको थियो ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल र चीनबीच १२ बुँको समझदारीमा हस्ताक्षर समेत भएको छ । नेपाल र भारतीय दुई देशीइ व्यावार विस्तार लगायतका विषयमा सहमति भएका छन् । यसैबीच प्रधानमन्त्री दाहालले आफ्नो अमेरिका र चीन भ्रमण पूर्ण रुपमा सफल भएको र मिज्ञराष्ट्हरुसँग सम्बन्धमा नयाँ आयाम थपिएको बताउनु भएको छ ।
उहाले नेपालको विकासका लागि अमेरिका चीनले अत्त्यन्त सकारात्मक रुपमा सहयोगका प्रतिवद्धता जनाएको र नेपाल आफ्नो पञ्चशिलको शिद्धान्तका आधारमा छिमेकी मित्रराष्ट्हरुसँगको सम्बन्ध विस्तार गरिरहेको कुरा आफूले स्पष्टसँग राखेका पनि बताउनुभयो ।