
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपले लामो समयदेखि त्यहाँ कार्यरत श्रमजीवी पत्रकारलाई निष्कासन गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष तथा , श्रमजीवी पत्रकार हित प्रवद्र्धन समितिका संयोजक रमेश विष्टले आज एक विज्ञप्ति जारी गर्दै कान्तिपुर मिडिया ग्रुपले लामो समयदेखि त्यहाँ कार्यरत श्रमजीवी पत्रकारलाई निष्कासन गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
महासंघले व्यावसायिक पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको उक्त ग्रुपले प्रचलित कानुन, विधि र पद्धतिविपरीत गरेको यो कार्यको महासंघ कडा शब्दमा विरोध गर्दछ विज्ञप्तिमा भनिएको छ, ।श्रमजीवी पत्रकार ऐन, प्रचलित विधि र पद्धतिविपरीत पत्रकारलाई पेशाबाट निष्कासन गर्ने, कानुनविपरीत सरुवा गर्ने काम गर्ने, वातावरण नदिने र लामो समयको योगदानको अवमूल्यन गर्दै अपमानित गर्ने कार्य महासंघका लागि किमार्थ स्वीकार्य नहुने प्रष्ट पार्न चाहन्छौं ।
नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले त्यहाँको व्यस्थापन समक्ष राखेको मागहरूप्रति महासंघ पूर्ण समर्थन र ऐक्यवद्धता प्रकट गर्दै सोही मागको जगमा समस्याको समाधान खोज्न पनि महासंघले कान्तिपुर व्यवस्थापनको ध्यानाकर्षण गराएको छ । महासंघ केन्द्र र प्रतिष्ठान शाखाको माग र आग्रहलाई बेवास्ता गरिए प्रतिष्ठान शाखासमेतको समन्वयमा कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ ।
महासंघ श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने र भविष्यमा चाल्न सक्ने कदमलाई समेत दृष्टिगत गरी नेपाल सरकार र जननिर्वाचित प्रतिनिधिहरूको संस्था संसद्को समेत ध्यानाकर्षण पनि गराइएको छ । कान्तिपुर मिडिया ग्रुपले केही समय अघि पत्रकार ताथ कर्मचारी निश्कासन गरेको विषयमा भएको आन्दोलनपछि सहमति भएको थियो । तर फेरि पब्लिकेशले पत्रकारहरुलाई करार अवधि सकिएको भन्दै १५ दिन अघि नै कार्यालयमा हाजिर हुन नआउनु भनी इमेल मार्फत पत्र पठाएको बताइएको छ । स्मरणीय होस् केहीदिनअघि मात्रै पब्लिकेशनको प्रवन्ध निर्देशकमा सम्भव सियोहियालाई नियुक्त गरेको थियो । सम्भव कैलासका छोरा हुन ।