काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अलब्राइटले भेटवार्ता गर्नुभएको छ । उहाँले आज (मङ्गलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
असाेज १३ गतेबाट सुरु भएको एमसिसीका विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ । अमेरिकाले नेपालमा एमसिसी परियाेजनाकाे लागि ५० अर्ब अनुदान सहयाेग गरेकाे छ ।
उक्त परियाेजना अनुसार ४२० केबी प्रशारण लाईनसहित सडक याेजना बनाउने सहमति भएको छ ।तर नेपालमा भने यसकाे चर्काे विराेधकाबिच सरकारले संसदबाट पारित गरेर लागू गरेकाे हाे ।