कांग्रेसको पालिका अधिवेशन आज देशैभर एकसाथ हुँदै

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन ७, बुधबार ०६:०१

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा बुधबार देशैभर एक साथ पालिका तहको अधिवेशन हुने भएको छ। यद्यपि नुवाकोट रसुवासहित केही जिल्लामा भने त्तव हुने छैन ।नुवाकोटमा पर्सी ९ गतेका लागि तय गरिएको छ ।

यहि असोज ३ गते वडा अधिवेशनबाट विधिवत् प्रारम्भ भएको महाधिवेशन प्रक्रियाले स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने महत्त्वपूर्ण चरणमा प्रवेश गरेको हो। केही छिटपुट स्थानबाहेक देशैभरका वडाहरूमा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेकाले बुधबारको पालिका अधिवेशन पनि सहज, सौहार्दपूर्ण र भव्य रूपमा सम्पन्न हुने विश्वास कांग्रेस केन्द्रीय निर्वाचन समितिले व्यक्त गरेको छ।

प्राकृतिक विपत्ति र विशेष परिस्थितिकाबीच पनि निर्वाचन समितिले सांगठनिक कार्यतालिकालाई प्राथमिकताका साथ अघि बढाएको हाे । बाढी-पहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडाहरूमा मंगलबार अधिवेशन सम्पन्न भएको छ।

मधेश प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही बाँकी वडाहरूमा पनि अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको हाे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *