
फाइल फोटो ः गुगल
काठमाडौं। यातायात व्यवसायीहरुले दशैंको भाडा दरका विषयमा सरकारसँग सहमति हुन नसक्दा अग्रिम टिक बुकिड. खुलाएका छैनन् । जसका कारण दशँमा राजधानी छाड्नेहरुले दशैँको टिकट बुकिड. गर्न पाएका छैनन् । यातायात व्यवसायीहरुसँग भएको सार्वजनिक सवारीसाधनले मात्रै प्रयाप्त नहुने भएपनि सरकारले अर्को विकल्प तयार पार्न सकेको छैन । यद्यपि यस पटकको दशँैका लागि भने निजी विद्यालय तथा सरकारमातहतका बस प्रयोगमा ल्याउन ‘पूर्वाधार विकास समिति’ ले निर्देशन दिएको छ। बुधबार बसेको समिति बैठकमा सांसदले दसैंमा यात्रा सहज बनाउन उक्त सुझाव दिएपछि समितिले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो। तर यस विषयमा निजी विद्यालयहरुको कस्तो धारणा आउने हो त्यसमा भर पर्ने सरोकारवालाहरु बताउँछन् ।
बुधबारको बैठकमा भौतिकमन्त्री प्रकाश ज्वाला, सचिव केशवकुमार शर्मा, यातायात व्यवस्था विभाग महानिर्देशक उद्धवप्रसाद रिजाल, सडक विभाग महानिर्देशक सुशीलबाबु ढकाललगायत मन्त्रालयका अधिकारी सहभागी थिए। प्रत्येक वर्ष दसैंमा १५ लाख बढी यात्रुले सडकमार्ग प्रयोग गरेर काठमाडौं उपत्यका छाड्ने गर्छन्। तर, नियमित सञ्चालनमा रहेका सार्वजनिक सवारीसाधन विशेषगरी बसले दसैंको चाप धान्न सक्दैनन्। उपत्यकाभित्र बस खाली बस्ने, तर बाहिर जाने यात्रुले सास्ती बेहोर्नुपर्ने बाध्यताबाट बच्न विकल्प खोज्नुपर्ने सुझाव सांसदहरूको थियो। जसका लागि विद्यालयका बस, नेपाली सेना, प्रहरी, निजामतीलगायत सरकारमातहतका ठूला बस उपत्यका बाहिर जाने व्यवस्था गर्न समिति सभापति एवं सांसद दीपक सिंहले भौतिक मन्त्रालयलाई निर्देशन दिएका हुन्।
सांसदहरूको सुझाव र समितिको निर्देशनपछि मन्त्री ज्वालाले अर्थ र गृह मन्त्रालयसँग छलफल गरेर निर्णय गर्ने बताएका छन्। ‘यातायातको जिम्मेवारी हाम्रो मन्त्रालयको भए पनि स्कुल र विभिन्न सरकारी निकायका बस चलाउन गृह र अर्थ मन्त्रालयसँग छलफल गर्नुपर्छ,’ मन्त्री ज्वालाले भने, ‘कसरी प्रयोगमा ल्याउन सकिन्छरु इन्धन दिएर हुन्छ वा अन्य विकल्प हुन्छन्। यस विषयमा भौतिक मन्त्रालय सकारात्मक छ।’साथै, टिकट बुकिङका सन्दर्भमा पनि मन्त्रालय गम्भीरतापूर्वक लागिरहेको उनको भनाइ छ। यात्रुलाई पहिला टिकट नदिने र पछि महँगोमा बेच्ने, एउटै सिटमा ३र४ वटा टिकट काट्ने, टिकट खरिदमा बिचौलीया प्रवेश गरेर यात्रुलाई दुःख दिनेलगायत विषयमा मन्त्रालयले यातायात व्यवस्था विभागमार्फत् अनुगमन गर्ने उनको भनाइ छ।