
काठमाडौं । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन आजदेखि राजधानीमा सुरु हुँदैछ । आज हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । उद्घाटनअघि शान्तिबाटिकारत्नपार्कबाट प्रदर्शनीमार्गसम्म पदयात्रा गरिनेछ ।
कुल ३०४ प्रतिनिधि रहने अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । गैह्रभौगोलिक र बुद्धिजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन का लागि सबै तयारी पूरा भएको प्रदेश कमिटिका अध्यक्ष प्रेम पराजुलीले जानकारी दिनुभयो । यस प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदुर, विद्यार्थी र उद्योग–व्यावसय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी रहेको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।