
काठमाडौं, । नेपाल राष्ट्र बैङ्कले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी असोज २९ गतेदेखि मात्रै नयाँ नोट सटही सुविधा दिने भएको छ । घटस्थापनाको भोलिपल्टबाट मात्रैनयाँ नोट साट्ने व्यवस्था गरिएको राष्ट्र बैङ्कले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ । स्कुल तथा कलेज बिदा भएर नयाँ नोट लिएर घर जानेहरुका लागि भने राष्ट्बैंकले निर्णयले केही दिन पर्खनु पर्ने भएको छ ।
राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै भएप िगत वर्ष भने घटस्थापना अघि नै सो सुविधा दिँदै आएको थियो । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैङ्कअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य बैङ्कहरूले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैङ्कबाट त्यस्ता नोट लिनुपर्नेछ ।काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।