
फाइल तस्बिर
काठमाडौं । सरकारसँग भएको सहमति अनुसार यातायात व्यवसायीहरुले दसैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ आजदेखि खुला गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो ।बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ । हरेक वर्ष दसैं, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् ।
आवागमनलाई सहज बनाउन वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न पनि मन्त्री ज्वालाले निर्देशन दिएइसकेका छन् । यातायात व्यवसायी महासंघका अनुसार दैनिक रुपमा चार सय वष सञ्चालन हुनेगरि तयारी गरिएको छ । व्यवसायीहरुसँग भएका सबै बसहरुलाई यात्रु बोक्नका लागि प्रयोग गरिनजे छ । आलोपालोमा बसेका बसहरुलाई दशैँभरि दैनिक रुपमा सञ्चालन गर्ने निर्णय भएको महासंघका उपमहासचिव रवि रिमालले जानकारी दिनुभयो । टिकका लागि बसपार्कमा आज बिहानै देखि टिक लिनका लागि भीड सुरु भएको छ ।