
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं माथि राजधानीमा कालाेमाेसाे दल्ने प्रयास भएको छ । राजधानी स्थित हाेटल यलाे पकडामा आयाेजित कार्यक्रममा सहभागी भएर निस्कने क्रममा प्रसाईमाथि बाेत्तलबाट कालाेमाेसाे फ्याक्ने प्रयास भएको थियाे ।
प्रत्यक्षदशी हाेटलका एक कर्मचारीका अनुसार प्रसाईं गाडी चढ्न लागेका बेला सात आठ जनाकाे समूहमा आएका समूहले कालाेमाेसाे दल्ने प्रयास गरेका थिए ।उनीहरुले प्रसाईं चढेकाे गाडीमा उनलाई लक्षित गरेर बाेत्तल प्रहार गरेका थिए ।उनीहरुले युवा संघ जिन्दावाद ,महेश बस्नेत जिन्दावाद भनेर नारा लगाउँदै भागेकाे बताइएकाे छ । पछिल्लो समय प्रसाईले एमालेकाे विराेध गर्दै राजा ल्याउने भन्दै अभियान सञ्चालन गर्दै आएका थिए ।उनले इजरायलमा अलपत्र नेपालीकाे उद्वार गर्न जाने विषयमा पत्रकार सम्मेलन आयाेजना गरेका थिए ।