
काठमाडौं । इजरायलको युद्धमा निधन भएका नेपालीहरुको सम्झनामा नेपाल तरुण दलले दीप प्रज्वलन गरेको छ ।
आज मंगलबार साँझ रात्नपार्कस्थित शान्ति वाटिकामा दीप प्रज्वलन राखिएको थियो । उनीहरुले दिवंगत नेपालीहरुको अत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए । कार्यक्रममा नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङलगायत तरुण दलका केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो .। इजरायलमा भएको आक्रमणका कारण १० जना नेपाली विद्यार्थीले ज्यान गुमाउन पुगेका छन् ।