
काठमाडौँ, सहसचिव र उपसहिचको परीक्षाको तयारीमा बसेकाहरुलाई फेरि निराश बनाएको छ । लोक सेवा आयोगले बुधवार आज गोरखापत्रमा प्रकाशन गर्नु पर्ने सूचना प्रकाशन भएन । बरु आयोगले सूचना प्रकाशित गर्न नसकिएको भनेर अर्को सूचना जारी गरेको छ । आयोगले मङ्गलवार निर्णय गरी बुधवारको तालिकामा प्रकाशन गर्नु पर्ने सूचना प्रकाशन गर्न नसकिने सूचना जारी गरेको हो। आर्थिक वर्ष २०८०(०८१ का लागि आयोगले प्रकाशन गरेको तालिकाअनुसार असोजको अन्तिम बुधवार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी अर्थात् सहसचिव र उपसचिवको विज्ञापन बुधवार प्रकाशन हुनु पर्ने थियो ।

‘आयोगको वार्षिक कार्य तालिका २०८०(०८१ अनुसार मिति २०८० असोज २४ गते प्रकाशन गर्नुपर्ने विज्ञापन विशेष कारणवश प्रकाशन नगरिएको ब्यहोरा आयोगको मिति २०८० असोज २३ को निर्णय अनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको प्रकाशित सूचनामा उल्लेख छ ।
आयोगले जारी गरेको सूचनामा अर्को विज्ञापनको तालिका भने सार्वजनिक गरेको छैन । यसले अध्ययन गरेर बसेकाहरुलाई थप निराश बनाएको छ । उपसचिवको तयारी गरिरहेका एकशाखा अधिकृतले भने, तयारी गरिरहेको थियौं तर विज्ञापन प्रकाशित भएन, आशा गरौं छिट्टै प्रकाशित हुनेछ । सरकारी सेवामा पछिल्लो पटक सह सचिव र उपसचिवको दरबन्दी रित्तः रहेका छन् । जसलार्य पदपुर्तिका लागि विज्ञापन प्रकाशित गर्ने तयारी आयोगले गरेको थियो ।