बेलकोटगढी–८ कांग्रेस सभापतिमा प्रकाशचन्द्र ढुंगाना

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १५, बिहीबार १९:२०


नुवाकोट । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आयाेजना गरेकाे वडा अधिवेशनअन्तर्गत बेलकोटगढी नगरपालिका–८ मा प्रकाशचन्द्र ढुंगाना वडा सभापतिमा चयन भएका छन्।

विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय ढुंगानाले अब वडा संगठनको नेतृत्व सम्हाल्ने भएका हुन्। उनको नेतृत्वमा वडा तहमा कांग्रेसको संगठनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।


बेलकोटगढी–८ मा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेसका संस्थापनइतर पक्षका नेताहरू जयराम दाहाल र अच्युत रिजाल लगायतको सहभागिता रहेको थियो। अधिवेशनमा वडा क्षेत्रका कांग्रेसका क्रियाशील सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।


अधिवेशनबाट निर्वाचित वडा सभापति ढुंगानाले वडा तहमा संगठन विस्तार, क्रियाशील सदस्यबीचको समन्वय तथा पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिवद्वता जनाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *