
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पान समितिको आज बसेको बैठक विना निश्कर्ष सकिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्वाराहीमा बसेको बैठकमा कांग्रेस नेता शेखर कोइराला अनुपस्थित भएपछि बैठकले कुनै निश्कर्ष निकाल्न नसकेको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिनुभयो ।
कांग्रेसले कोशी प्रदेशमा पार्टीको निर्णय विपरित गएका प्रदेश सदस्यहरुलाई निर्णय सच्याउनका लागि निर्देशन दिने तयारी भएपनि कोइराला अनुपस्थित भएपछि भोलिका लागि बैठक सारिएको छ । कोशीमा शेखर कोइराला पक्षका केदार कार्कीले मुख्यमन्त्रीका लागि दावी पेश गरेका छन् । उनको समर्थनमा कांग्रेसका आठ जना सांसद रहेका छन् । तर पार्टीले मुख्यमन्त्रीमा माओवादीलाई समर्थन निर्णय गरिसकेको छ ।