सूर्यगढी–१ लच्याङमा कांग्रेस देउवा पक्षकाे वडा अधिवेशन सम्पन्न,युवा नेता श्याम तामाङ सर्वसम्मत वडा सभापति निर्वाचित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १८, आईतवार ०६:००


विदुर। नेपाली कांग्रेसको देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत सूर्यगढी गाउँपालिका–१, लच्याङको नियमित वडा अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनबाट युवा नेता श्याम बहादुर तामाङ सर्वसम्मत रूपमा वडा सभापतिमा निर्वाचित हुनुभएको छ।

लच्याङको जुङ्गे डाँडामा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेस बागमती प्रदेश सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घले, उपाध्यक्ष मञ्जु बुढाथोकी, नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिका कार्यवाहक सभापति रामजी पौडेल, सूर्यगढी गाउँपालिका उपसभापति कालु तामाङ, सचिवद्वय बासुदेव लम्साल र रामशरण राई, गोविन्द गिरी लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

अधिवेशनमा स्थानीय कांग्रेस नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य तथा व्यापक सहभागिता रहेको थियो। सहभागीहरूले वडा तहको संगठनलाई थप सुदृढ बनाउँदै आगामी स्थानीय निर्वाचनलाई केन्द्रित गरेर पार्टी गतिविधिलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *