|
२०८३ आश्विन १८, आईतवार १३:५२
नुवाकोट । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत तादी गाउँपालिका–३ मा वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका छन्।
केशव खड्काको नेतृत्वमा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चयन भएका हुन्। सर्वसम्मत निर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूलाई कार्यक्रममा सहभागी नेताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
वडा अधिवेशन तथा निर्वाचन प्रक्रियामा नेपाली कांग्रेसका नेता एवं कांग्रेस बागमती प्रदेश सदस्य प्रमोद रिमालसहित स्थानीय कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
सर्वसम्मत नेतृत्व चयनले पार्टी संगठनलाई थप मजबुत, एकताबद्ध र प्रभावकारी बनाउन सहयोग पुग्ने सहभागी नेताहरूले बताएका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्