
देवीघाटमा सञ्चालनमा आएको सुपथ मूल्य पसलको उद्घाटनपछि विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ आफ्नो मन्तव्य राख्दै तस्बिर, नुवाकोट उद्योग बाणिज्य संघ
देवीघाट – दशैं, तिहार, छठलगायत चाडपर्वमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले नुवाकोटको विदुर नगरपालिका वडा नं ५ देवीघाटमा पनि सुपथ मूल्य पसल सञ्चालनमा आएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनको सहकार्यमा विदुर नगरपालिका ५ देवीघाटमा सञ्चालनमा आएको सुपथ मूल्य पसलको आजबाट सञ्चालनमा आएको हो । उत्तः सहुलियत पसलको आज एक कार्यक्रमकाबीच विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । उहाले सुपथ मुल्य पसलको उद्घाटन गर्दै मुलुक अप्ठेरो अवस्थामा रहेका बेला सर्वसाधारण नागरिककलाई लागि केही राहत हुने ढंगले यस्ता पसलहरु सञ्चालन आउनु सकारात्मक भएको बताउनुभयो ।
विदुर नपा ५ र बेलकोटगढी नगरपालिका उपभोक्ताहरुलाई लक्षित गर्दै नुवाकोट उद्योग वाणिज्य संघको पहलमा न्यू जालपादेवी सप्लायर्समा सुपथ पसलमा प्रचलित मूल्यभन्दा दुईदेखि ४३ रुपैयाँसम्म छुट दिएको संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिनुभयो । भटमासको खानेतेल, चिउरा, मैदा, आटा र दालमा ७र७ रुपैंया सहुलियत छ भने खानेनुनमा प्रति प्याकेट रु २ र चिनी प्रति किलोग्राममा ९७ रुपैंया मुल्यमा पाईने उनले जानकरी दिए।यसअघि हावाघरमा रहेको बाघ बच्छला किराना स्टोरमा शनिबारदेखि सञ्चालनमा ल्याएको थियो ।