|
२०८३ आश्विन १९, सोमबार १२:२२
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीभित्र पदाधिकारीका आकांक्षी व्यवस्थापन तथा भागबण्डा मिलाउन पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ।
सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले हाल कायम १४ सदस्यीय पदाधिकारीलाई बढाएर २३ सदस्यीय बनाउने निर्णय गरेको हो।
निर्णयअनुसार अब कांग्रेसमा १ सभापति, ३ उपसभापति, ३ महामन्त्री, १४ सहमहामन्त्री र १ कोषाध्यक्ष रहनेछन्।
कांग्रेसभित्र पदाधिकारी बन्न आकांक्षीको संख्या बढ्दै गएपछि सबै पक्षलाई समेटेर भागबण्डा मिलाउन पदाधिकारी संख्या बढाउने निर्णय गरिएको एक केन्द्रीय सदस्यले बताए।
यद्यपि, केन्द्रीय समितिले गरेको यो निर्णय महाधिवेशनको बन्दसत्रबाट पारित भएपछि मात्रै कार्यान्वयनमा जानेछ।
यससँगै कांग्रेसको आगामी महाधिवेशनमा नेतृत्वसँगै पदाधिकारीको संरचना पनि विस्तार हुने भएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्