स्वास्थ्यलाभ गरिरहेका बेलकाेटगढी १३ का कृष्णप्रसाद पाण्डे कांग्रेस क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १९, सोमबार १४:५५

नुवाकोट । स्वास्थ्यलाभको कामना गरिरहेका नेपाली कांग्रेसका पुराना नेता कृष्णप्रसाद पाण्डे बेलकोटगढी नगरपालिका–१३ को १५औँ वडा अधिवेशनबाट देउवा पक्षकाे क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन्। अधिवेशनमा सहभागी कांग्रेस कार्यकर्ताले पाण्डेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्मानका साथ उनलाई क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन गरेका हुन्।

२०८३/०६/१८ गते सम्पन्न अधिवेशनले **नानीमैयाँ लामा (तामाङ)**लाई वडा सभापतिमा सर्वसम्मत चयन गर्दै नयाँ वडा कार्यसमिति गठन गरेको छ। पार्टीको निर्देशिकाअनुसार क्षेत्रीय प्रतिनिधिहरू पनि सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

सहमति र एकताको वातावरणमा सम्पन्न अधिवेशनले वडा नं. १३ मा नयाँ नेतृत्वसहित संगठनलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।

नवनिर्वाचित वडा सभापति नानीमैयाँ लामा (तामाङ)सहित सम्पूर्ण वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *