
काठमाडौँ, कात्तिक २ गते । बागमती प्रदेश प्रहरी कार्यालयले आफू मातहका प्रहरी कार्यालयबाट उतकृष्ट सेवा प्रदान गर्ने प्रहरीलाई सम्मान गरेको छ । कार्यालयले विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेका उच्च तहदेखि जवानसम्मका नौजना प्रहरीलाई पुरस्कृत तथा कदरपत्र प्रदान गरेको छ ।
६८ औं प्रहरी दिवस २०८० को अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेकाले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उहाँहरुलाई पुरस्कृत र कदरपत्र प्रदान गर्नुभएको हो उत्कृष्ट व्यवस्थापक पुरस्कारबाट जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजाललाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
यस्तै, जिल्ला ट्राफिक कार्यालय, मकवानपुरका प्रहरी निरीक्षक वसन्त आचार्यलाई उत्कृष्ट ट्राफिक व्यवस्थापक, इलाका प्रहरी कार्यालय सिंगटी, दोलखाका प्रहरी निरीक्षक विक्रम लामा उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुररस्कृत हुनुभयो । यस्तै, सुमन रायमाझी, लक्ष्मीकुमारी थारु, सविनकुमार र सन्तोष रानामगर पनि पुररस्कृत हुनुभएको छ ।