बाढीले थुपारेका नदीजन्य सामग्री अनधिकृत रूपमा नउठाउन विदुर नगरपालिकाको चेतावनी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन २१, बुधबार १८:२६



विदुर, नुवाकोट । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीले त्रिशूली नदीको तटीय क्षेत्रमा थुपारेका नदीजन्य सामग्री अनधिकृत रूपमा उत्खनन तथा संकलन नगर्न विदुर नगरपालिकाले आग्रह गरेको छ।

नगरपालिकाले बुधबार जारी गरेको सूचनामा बाढीले बगाएर थुपारेका काठ, दाउरा, कवाडीजन्य पदार्थ तथा अन्य विभिन्न सामग्री नगरपालिकाको अनुमति बिना उत्खनन, संकलन तथा ओसारपसार नगर्न अनुरोध गरेको हो।


नगरपालिकाले त्रिशूली नदी क्षेत्रभित्र रहेका यस्ता सामग्री आफूखुसी उठाउने, संकलन गर्ने वा ओसारपसार गर्ने कार्य नगर्न सम्बन्धित सबैलाई सचेत गराएको छ।


अनुमति बिना त्यस्ता कार्य गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने नगरपालिकाले जनाएको छ। यससम्बन्धी जानकारी गराउन पनि नगरपालिकाले सूचनामार्फत आग्रह गरेको छ।
विदुर नगरपालिकाले पछिल्लो समय नदीजन्य तथा खानीजन्य वस्तुको उत्खनन, संकलन र बिक्री–निकासीसम्बन्धी ठेक्का प्रक्रियाका सूचनासमेत सार्वजनिक गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *