|
२०८३ आश्विन २२, बिहीबार १६:१६
काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज तय गरिएको मतदान नहुने भएको छ।
मतपत्र छपाइमा भएको ढिलाइ तथा निर्वाचनका लागि आवश्यक प्राविधिक तयारी पूरा हुन नसकेपछि निर्धारित समयमै मतदान गर्न नसकिने भएको हो।
कांग्रेस निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले पत्रकारहरूसँग कुरा गर्दै आवश्यक तयारी पूरा नभएकाले आज मतदान हुन नसक्ने जानकारी दिए।
निर्वाचन समितिले मतपत्र छपाइ तथा अन्य प्राविधिक तयारी पूरा गरी मतदानको नयाँ समय तय गर्ने तयारी गरेको छ। मतदान कहिले हुने भन्ने विषयमा निर्वाचन समितिले आवश्यक छलफलपछि जानकारी गराउने बताइएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्