
ककनी भ्रमणका क्रममा खिचिएको पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईुसहितसपरिवारको तस्बिरः तस्बिर, डा. भट्टराईको फेसबुकबाट
ककनी । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नुवाकोट जिल्लको पर्यटकीय क्षेत्र ककनीको भ्रमण गर्दै त्यसको पर्यटकीउ विकासको सम्भावना आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । तीन दिने ककनी बसाईका क्रममा विभिन्न मनोरम दृष्यहरुको फोटो समेत सार्वजनिक गर्दे डा. भट्टराईले ककनी पर्यकटकीय विकासका लागि सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्नुभएको छ ।

भ्रमणपछि उहाले आफ्नो समाजिक सञ्जल फेसबुक मार्फत भन्नुभएको छ ,राजधानी निकट नुवाकोटको ककनी क्षेत्र पर्यापर्यटन,साहसिक पर्यटन,मनोरन्जनात्मक पर्यटन लगायत ट्राउट माछा,स्ट्रबेरी आदि व्यवसायिक खेति र विविध उद्यमशीलताको प्रचुर सम्भावना भएको क्षेत्र हो।पूर्व प्रधानमन्त्री भट्टराईले त्यस क्षेत्रको विकासको मुख्य मेरूदण्ड रहेको देशकै सबभन्दा पुरानोमध्येको काठमाण्डौ ककनी त्रिशुली सडक गत दस बर्षदेखि जीर्ण अवस्थामा अलपत्र रहेको र विभिन्न वहानामा छिटै बन्नेबारे अझै आशंका रहेकाले त्यसक्षेत्रको समग्र विकासमा निकै वाधा परेको प्रत्यक्ष अनुभूत भएको समेत आफ्नो फेसबुकमार्फत सार्वजनिक गर्नुभएको छ ।
उहाले विभिन्न समस्याका बाबजुत पनि युवा उद्यमीहरूले त्यहॉ एड्भेन्चर क्याम्प,होमस्टे,होटेल,व्यवसायिक खेति आदिमा निकै लगानी गरेकोमा प्रशंसा समेत गर्नुभएको छ । उहाले युवाहरुको त्यस्ता सक्रिय जागकतालाई जिम्मेवार व्यक्ति र निकायले तिनलाई निराश पारेर विदेशिनु पर्ने अवस्था सिर्जना नगरुन भनेर सुझाव पनि दिनुभएको छ, डा. भट्टराईले आफ्नो भ्रमण , र तीन दिनको बसाइ र घुमघाम निकै सुखद बनाउनुहुने सबैलाई हार्दिक आभार व्यक्त गर्नुभएको छ ।