बेलकाेटगढीकाे ऐतिहासिक मन्दिरमा राखियाे सामूहिक जमरा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन २५, आईतवार १२:४९

किसाेर वली

बेलकाेटगढी ,नुवाकोट । बेलकोटगढी नगरपालिका–१० स्थित ऐतिहासिक निरञ्जना भगवती मन्दिरमा सामूहिक जमरा राखिएको छ ।सामूहिक जमरा

राख्ने परम्परा धार्मिक आस्था, ऐतिहासिक विरासत र सामाजिक एकताको प्रतीकका रूपमा स्थापित छ। विगतका वर्षहरूमा जस्तै यस वर्षपनि १ सय भन्दा धेरै परिवारले जमरा राखेको स्थानीय पुजारी भाेलाराज पाैडेलले नुवाकोट पुकारलाइ जानकारी दिनुभयो ।

स्थानीय इतिहास र जनश्रुतिअनुसार, निरञ्जना भगवती मन्दिरको धार्मिक महत्त्व पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानसँग जोडिएको छ। विसं १८०१ मा नुवाकोट विजयपछि यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्त्व थप स्थापित भएको मानिन्छ। निरञ्जना भगवतीप्रतिको आस्था र दसैँमा सामूहिक जमरा राख्ने परम्परा यस क्षेत्रको ऐतिहासिक पहिचानसँग जोडिँदै आएको छ।

बडादसैँको घटस्थापनाका दिन मन्दिरमा विभिन्न परिवारले सामूहिक रूपमा जमरा राख्ने परम्परा छ। विभिन्न जातजाति तथा समुदायका मानिस एकै स्थानमा भेला भएर जमरा राख्ने अभ्यासले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकताको सन्देश दिँदै आएको छ।

यस मन्दिरमा सामूहिक जमरा राख्ने परम्परालाई निरन्तरता दिन जमराघरको पुनर्निर्माणसमेत गरिएको छ। नेपाली सेना र बेलकोटगढी नगरपालिकाको सहकार्यमा पुनर्निर्माण गरिएको जमराघर २०८२ असोजमा हस्तान्तरण गरिएको थियो।

निरञ्जना भगवती मन्दिरको सामूहिक जमरा परम्परा धार्मिक संस्कारमा मात्र सीमित नभई स्थानीय इतिहास, मौलिक संस्कृति र सामाजिक एकताको महत्त्वपूर्ण धरोहरका रूपमा रहेको छ। यसको संरक्षण र भावी पुस्तासम्म हस्तान्तरण गर्नु स्थानीय समुदायको साझा दायित्व बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *