
कोल्पुटार । हाम्रो पौरख,बेलकोटगढिको गौरब हाम्रो कामना,समृद्ध बेलकोटगढि सबैको चाहना भन्ने मुल नाराकासाथ प्रथम बेलकोटगढी महोत्सव २०८० भोलिबाट सुरु हुँदैछ । बेलकोटगढी नगरपालिका वडा नं ५ को आयोजनामा हुन लागेको महोत्सवको भोलि बिहान ११.३० बजे प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुननरसिंह केसीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक बेलकोटगढी ५ का वडा अध्यक्ष मदन भुजेलले नुवाकोट पुकारलाई जानकारी दिनुभयो
। जिल्लाको दोस्रो नगरपालिकाको रुपमा रहेको बेलकोटगढीले आयाजना गर्न लागेको यो पहिलो महोत्स हो । कृषि क्षेत्र, स्वास्थ्य, शिक्षा र पर्यटनको विकासका लागि महोत्सव आयोजना गरिएको अध्यक्ष भुजेलले बताउनाुभयो । स्थानीय उत्पादन ,बेल्कोटगढीको ,चमेरे गुफा ,चिम्टेश्वर,बैघ वन लगायतका पर्यटकीय क्षेत्रहरुको प्रबर्द्धन गर्न सहयोग पुग्ने विश्वा
गरिएको छ ।

बेलकोटगढी नगरपालिका संरक्षक रहेको उक्त महोत्सवको सहयोगीहरुमा जिल्लाका अन्य पालिकाहरुलाई समेत राखिएको छ । महोत्सवमा बेलकोटगढीको उत्पादनहरुसहित त्यहाँको विकासका लागि सम्भावित क्षेत्रको प्रचार प्रसार समेत गरिने बताइएको छ । महोत्सवका रमेश प्रसाईं, प्रिती आले,नवराज घोरासैनी,ज्योति मगर प्रमोद खरेल ,उद्धव कार्कीलगायतका कलाकारहरुको प्रस्तुती रहने बताइएको छ । राष्ट्यि कलाकारसहित स्थानीय कलाकारहबाट दोहोरी प्रतियोगितासहित अन्य सांस्कृतिक कार्यक्रम समेत आयोजना हुनेछ ।
कात्तिक २५ गतेसम्म सञ्चालन हुने महोत्सव वडा नं ५को केउरिनीस्थित त्रिशुली बगरमा हुनेछ भने १ सय १५ वटा स्टल तयार पारिएको छ । महोत्सवको समापन भने बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले गर्नुहुने आयोजकहरुले बताएका छन् ।