
नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ५ ले आयोजना गरेको प्रथम बेलकोटगढी महोत्सवको बुधबार उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री अर्जुननरसिंह केसी , तस्बिर, नुवाकोट पुरका डटकम
कोल्पुटार । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता एवंम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले बेलकोटगढी नगरपालिकाको जन्म आफूले गराएको बताउनु भएको छ ।
नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ५ ले आयोजना गरेको प्रथम बेलकोटगढी महोत्सवको बुधबार उद्घाटन गर्दै नेता केसीले बेलकोटगढी नगरपालिका निर्माण गर्नका लागि आफूले महत्वपूण लबिड. गरेको स्मरण गराउनु भएको हो । उहाले समग्र बेलकोटगढीका क्षेत्रहरुको महत्वलाई राष्ट्यि अन्तराष्ट्यि रुपमा चिनाउनका लागि नगरपालिका भएकाले ठूलो मद्दत मिलेको उल्लेख गर्नुभयो । उहाले भन्नुभयो, यो क्षेत्रको महत्वलाई बुझेर मैले आफू मन्त्री भएका बेला नगरपालिका नबनाए आफू मन्त्री पद नै छाड्ने चेतावनी दिएको र यहाँ आन्दोलन निर्माणसम्मको वातावरण तयार भयो र त्यसैको प्रतिफल स्वरुप आज नगरपालिका भयो ।

उहाले बेलकोटगढीभित्र धार्मिक र ऐतिहासिका महत्वमा क्षेत्रहरु रहेको भन्दै त्यसको विकास गर्नका लागि आफूले सम्पूर्ण शक्ति लगाउने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रतिनिधिसभाको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित हुनुभएका नेता केसीले बेलकोटगढी क्षेत्रलाई औद्योगिक क्षेत्रका रुपमा पनि विकास गर्न आफू प्रतिवद्ध रहेको स्मरण गराउनुभयो । उहाले आफूले नुवाकोट जिल्लाको समग्र विकासमा लागि लामो समयदेखि काम गर्दै आएको भन्दै उहाले भुकम्पदेखि कोरोना महामारीसम्मका बेला आफूहरुले सहयोग गरेको कुरा पनि स्मरण गराउनु भएको थियो । नेता केसीले सांसदहरुले राष्ट्यि बजेट पार्नुलाई नै ठूलो कुरा मान्दै आएको भन्दै त्यसबारे उहाहरुलाई बुझाउनुपर्ने पर्ने बताउनुभयो ।

पूर्व मन्त्री केसीले आफू यहि क्षेत्रको प्रतिनिधि भएकाले आफूलाई परेको समस्या निर्धकासाथ राख्न आग्रह गर्दै भन्नुभयो, तपाईहरुले छानेको प्रतिनिधिले तपाईहरुको शिर निहुरिने कुनै काम गर्ने छैन म यो विशवास दिलाउन चाहान्छु । उहाले अर्को एक प्रशंगामा देशको आर्थिक अवस्था कमजोर बन्दै गएको भन्दै यसलाई सहि बाटोमा ल्याउनुपर्नेमा पनि जोड दिनुभयो । बेलकाटगढी महोत्सवका बारेमा बोल्दै सांसद केसीले यस्ता महोत्स महोत्सवका रुपमा मात्रै नभएर सिंगोा यहाँको उत्पादनदेखि धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवमा विद्यार्थीदेखि महिला समुहहरुले देखाएको प्रस्तुतीको प्रशंसा गर्दै उहाले यस्ता कला संस्कृतिले हाम्रो देश सुन्र रहेको स्मरण पनि गराउनुभयो । बेलकोटगढी वडा नै ५ का वडा अध्यक्ष मदन भूजेलको सभापत्विमा भएको कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसी, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य बद्री मुडबरी, बेलकोटगढीका मेयर जगतबहादुर गुरुड.,नेकपा एमालेका जिल्ला सचिव सुदर्शन नेपाल,नेपाली कांग्रेस नुवाकोटका जिल्ला सहसचिव यादव नेपाल, कांग्रेस नेता अर्जुन नेपाल,हिरा पाण्डे,नेपाल रेडक्रस सोसाइटी नुवाकोट सभापति हरि श्रेष्ठ, व्यवसायी अनिल श्रेष्ठ, नेपाली कांग्रेस बेलकोटगढी सभापति लेखनाथ मुडबरी,स्थानीय समाजसेवी अनन्त नेपाल, उत्तम रिमाल लगायतका वक्ताहरुले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

महोत्सवमा स्थानीय उत्पादिन बस्तुहरुको प्रवर्दन गर्दै बेलकोटगढी धार्मिक तथा ऐतिहासिक क्षेत्रको प्रचारप्रसार गर्नुकासाथै यसको विकासका लागि उपयोगी हुने आयोजकहरुको दावी रहेको छ । एकसय १५ वटा टरसहित, प्यारालगाइडि., रोगटे पिड.सहितका मनोरञ्जन प्रदान हुने खालका विभिन्न गतिविधि पनि महोत्सवमा रहेको छ । महोत्सको व्यवस्थापन चाँगुनारायण पार्टी यालेस भक्तपुरले लिएको आयोजकहरुले बताएका छन् ।

