
विदुर । कात्तिक १९ . बागतमी प्रदेश सरकारका तर्फबाट जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडीत परिवारको राहत तथा उद्धारका लागि डेढ करोड सहयोग गर्ने भएको छ । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा अर्थमन्त्री बहादुर सिं लामाले नुवाकोटमा भएको एक कार्यक्रममा यस्तो घोषणा गर्नुभएको हो ।
जाजरकोट र रुकुम पश्चिमको भुकम्पमा परेर ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री लामाले घाइते हरुको तत्काल राहत तथा उद्दारका लागि बागमती प्रदेश सरकारले डेढ करोड उपलब्ध गराउने घोषणा गर्नुभएको छ । बागमती प्रदेश स्तरीय लक्षित समुहका लागि स्वास्थ बिमा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले बागमती प्रदेश सरकार तल्लो तहका आम नागरिकको सरकार भएकाले नागरिकले महसुस गर्ने गरी कार्यक्रम निर्माण र प्रभावकारी कार्यन्वयनमा लागि परेको बताए ।
मन्त्री लामाले स्वास्थ कार्यलय नुवाकोटद्वारा देबिघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिस्ठानमा आयोजित कार्यक्रममा जेष्ठ नागरिकहरुलाई स्वास्थ बिमा कार्ड समेत उपलब्ध गराएका थिए । प्रदेशको समृध्दि र नागरिकको आधारभूत आवश्यक पुरा गर्न प्रदेश सरकारले कुनै कसुर बाँकि नराख्ने मन्त्री लामाको भनाइ थियो ।