|
२०८३ कार्तिक १०, मंगलवार ०८:०२
नुवाकोट । नेपाली कांग्रेस देउवापक्षकाे नुवाकोटको जिल्ला अधिवेशन आगामी कार्तिक १५ गते आइतबार हुने भएको छ। जिल्ला कार्यसमिति, नुवाकोटको आयोजनामा हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
आयोजक समितिका अनुसार अधिवेशन २०८३ कार्तिक १५ गते आइतबार बिहान ११ बजे विदुर नगरपालिका–२, बट्टारस्थित तेक्वान्दो कभर्ड हलमा आयोजना हुनेछ।
अधिवेशनमा जिल्लाभरबाट पार्टी प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूको सहभागिता रहने जनाइएको छ। जिल्ला नेतृत्व तथा संगठनसँग सम्बन्धित विषयमा छलफल हुने अधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक तयारी पूरा गरिएको आयोजक समितिले जनाएको छ।
अधिवेशनमा सहभागी हुन नेपाली कांग्रेस नुवाकोटले जिल्लाका सम्पूर्ण प्रतिनिधि, नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई निर्धारित समयमै उपस्थित हुन आग्रह गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्