नुवाकोट । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले विदुर नगरपालिकाको नगर अधिवेशन सम्पन्न गरेको छ। बुधबार विदुरमा सम्पन्न अधिवेशनबाट रमेश भण्डारी नगर सभापतिमा सर्वसम्मत चयन भएका छन्।
अधिवेशनले उपसभापतिमा अञ्जु रिमाल र रामकृष्ण रिजाललाई चयन गरेको छ। त्यस्तै सचिवमा प्रदीप हमाल तथा सहसचिवमा सदिक्षा लामिछाने र विष्णुप्रसाद प्याकुरेल चयन भएका छन्।
नगर कार्यसमिति सदस्यमा रिता प्याकुरेल, ध्रुव खतिवडा, सुनिल मुडभरी, उर्मिला दाहाललगायत चयन भएका छन्।
नवनिर्वाचित नेतृत्वले पार्टीलाई संगठनात्मक रूपमा थप मजबुत बनाउँदै नियमित महाधिवेशन पक्षधरको अभियानलाई स्थानीय तहमा प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।
यसैबीच नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन आज नुवाकोटको विदुरस्थित बट्टारमा हुँदैछ। नगर अधिवेशनपछि क्षेत्रीय अधिवेशनलाई कांग्रेसको संगठन विस्तार र आगामी नेतृत्व चयनका दृष्टिले महत्वका साथ हेरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्