
नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकास्थित वडा नं ११ को बेलकोटमा सिंगो गाउँमा नै चोरी भएको छ । स्थानीय शिक्षक ठाकुर पाण्डेले दिनुभएको जानकारी अनुसार मंसिर ५ गतेको राती अज्ञात व्यक्तिहरुले सिंगो गाउँमा नगद र धनमाल चोरी गरेका छन् । उनीहरुले नगद चोरी गर्ने र तोडफोड समेत गरेर भागेको बताइएको छ । स्थानीयका अनुसार ईश्वर मानन्धरको पसलबाट नगद चोरिएको छ ।
यस्तै रबिन्द्र मानन्धरको स्टोर तोड़फोड़, पञ्चकन्या कन्या माबि प्रशासन शाखा लेखा शाखा लगायत तोड़फोड़कासाथै माधवप्रसाद सिग्देलको घर तोड़फोड़ गरिएको छ । यस्तै रामशरण सिग्देलको घर तोड़फोड़ गरिएको छ भने, प्रशान्तजंग पाण्डेको घर तोड़फोड़ ,दिपशिखा सहकारीको कार्यालय तोड़फोड़, बेलकोट हेल्थ पोष्ट तिगाऊ तोड़फोड़ रुद्र प्रशाद तिवारीको अमारेको घर तोड़फोड़गरिएको छ । उक्त समूहले नै केहि दिन अघि सुर्य प्रसाद पाण्डेको गोठको भैसि रातिको समयमा फुकाई अनेत्र लगि छोडिएको स्थानबाट फेला पारिएको बताइएको छ ।
स्थानीयहरुका अनुसार केही उऋंखल व्यक्तिहरुको काम हुन सक्ने देखिएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको र छिटटै चोरी गर्ने समूहको पत्ता लाग्ने जनाएको छ । गाउँमा भएको उक्त घटनासँगै स्थानीयहरु त्रसित भएका छन् । घटनाका बारेमा बेलकोटगढी वडा नं ११ ले पुष्टि गर्दै चोरी गर्ने समूहको खोजतलास भैरहेको जनाएको छ । वडा अध्यक्ष प्रकाशजंग पाण्डेले अपरिचित व्यक्ति गाउँमा आएमा प्रहरी चौकी वा वडा कार्यालयमा खबर गरिदिनुहुन अनुरोध समेत गर्नुभएको छ