बागमतीमा आज चट्याङसहित वर्षा, एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १४, शनिबार ०६:२८


काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष तथा पश्चिमी वायुको आंशिक प्रभावका कारण बागमती प्रदेशमा आज मौसम बदलीसँगै वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती प्रदेशका अधिकांश स्थानमा बादल लाग्नेछ। प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।


बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा र हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ। वर्षाका कारण सडक तथा यातायातमा असर पर्न सक्ने भएकाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
हाल पनि बागमती प्रदेशका विभिन्न स्थानमा बादल लाग्नुका साथै वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज अपराह्नदेखि भने चक्रवातको अवशेषसहित विद्यमान मौसमी प्रणालीको प्रभाव क्रमिक रूपमा कमजोर हुँदै जानेछ।


आज राति बागमती प्रदेशमा सामान्यतया बादल लाग्ने भए पनि वर्षाको सम्भावना तुलनात्मक रूपमा कम रहनेछ। आइतबार भने प्रदेशभर आंशिक बदली रहने र हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *