
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी १४ मंसिरबाट गर्ने मध्यपहाडी लोकमार्ग यात्रा अभियानलई भव्य बनाउने उदेश्यले विभिन्न तयारी थालेको छ । एमाले सचिवालयको निर्णय अनुसार उक्त पदयात्रालाई सफल बनाउनका लागि विभिन्न ४० स्थानमा कोणसभा, अन्तर्क्रिरया र स्थानीयसँग भेटघाट हुनेछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डोत्तलन गरेर सुरु गर्ने अभियान तीन साता चलेर २ पुसमा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन गरिने तयारी छ । पार्टीको केन्द्रीय प्रचार विभागका अनुसार अभियानका क्रममा २५ जिल्लाका ४० स्थानमा कार्यक्रम हुनेछन् । संकल्प यात्रामा अध्यक्ष ओलीको नेतृत्वमा पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष÷प्रमुखहरू, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटी सदस्य र तोकिएका व्यक्ति टोलीमा रहनेछन् । अभियान थप व्यवस्थित बनाउनका लागि स नेता तथा कार्यकर्ताका लागि १५ बुँदे आचारसंहितासमेत जारी गरिएको छ ।
आचारसंहितामा अध्यक्ष ओलीबाहेक कसैले पनि निजी सुरक्षा गार्ड प्रयोग गर्न पाउनेछैन् । नेताहरूका सवारीसाधनका अतिरिक्त चारवटा विशेष टिम यात्रामा संलग्न हुनेछ । जसअनुसार एम्बुलेन्ससहितको मेडिकल टिम, सवारीसाधन मर्मतसम्भार गर्ने मेकानिकल टिम, केन्द्रीय प्रचार टिमका साथै न्यूनतम २० जना दक्ष स्वयंसेवकका लागि चारवटा गाडी प्रयोग गरिनेछन् ।
अभियानमा सहभागी सबै केन्द्रीय नेताहरूले सवारीसाधनको इन्धनको प्रबन्ध आफैँले गर्नुपर्नेछ । त्यस्तै, सहभागी सबैले नियमित सेवन गर्ने औषधि, न्यानो कपडा, स्लिपिङ ब्याग, ड्राई फुड, मोबाइल चार्जर र आफूलाई आवश्यक पर्ने रकम पनि बोकेर हिँड्नुपर्नेछ । नेतृत्वले जनतासँग गर्ने संवादमा अवरोध पु¥याउन नपाइने, औपचारिक कार्यक्रममा पनि तोकिएका नेताबाहेकले मञ्चमा भिडभाड गर्न नपाउने, यात्राका क्रममा खानपिन, बोलीचाली र आचरणमा मर्यादा कायम गर्नुपर्ने, स्थानीय भाषा, संस्कृति, परम्परा र चालचलनको सम्मान गर्नुपर्ने आचारसंहिता जारी गरिएको छ । पहाडका समस्या, पूर्वाधार र उत्पादनका विषय, पहाडलाई विकास र समृद्धिको नमुना बनाउनेलगायतमा विषयमा जवाफ खोज्ने गरी अभियानका लागि एमालेले अलग्गै पाँचवटा प्रश्न बनाएको छ ।राजधानीमा एक कार्यक्रम गरेर राजावादीहरुलाई जवाफ दिएको एमालेले आफ्नोअभियानल ेराजतन्त्र पक्षधरहरु उठ्नै नसक्ने गरि परास्त हुने दावी समेत गर्दै आएको छ ।