
काठमाडौं . एसियाका निर्वाचन व्यवस्थापन निकाय र सम्बद्ध सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधिहरुको सहभागिता हुने गरी आगामी मंसिर २० र २१ गते निर्वाचन आयोग नेपाल र Asian Network for Free Elections को संयुक्त आयोजनामा दुईदिने Asian Electoral Stakeholder Forum (AESF) को छैठौं संस्करण आयोजना हुने भएको छ । सो सम्मेलनको उदघाटन माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंसिर २० गते र समापन माननीय परराष्ट्रमन्त्रीबाट मंसिर २१ गते हुने गरी तय भएको छ ।
एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाज र निर्वाचनका विभिन्न आयामहरुमा कृयाशिल गैरनाफामुलक तथा प्राज्ञिक संघसंस्थाका २०० जना भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने उक्त सम्मेलनको मुख्य नारा Building Sustainable Democracies: Addressing Electoral Challenges and Opportunities क रहेको छ । सो सम्मेलनमा नेपाललगायत अन्य मुलुकहरुका विज्ञ व्यक्तिहरुबाट ७ वटा विषयहरुमा केन्द्रित रही २१ वटा कार्यपत्रहरु प्रस्तुत गरिने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
दुईदिने सो सम्मेलनबाटKathmandu Declaration to Strengthen Democracy and Promote Electoral Integrity through Electoral Reforms जारी गरिनेछ । सम्मेलनबारे सबै जानकारीहरु मा उपलब्ध हसने पनि विज्ञप्तिमा जनाइएको छ ।