
ड्यालस (टेक्सस) । सबैभन्दा भन्दा बढि नेपालीहरुको बसोबास रहेको अमेरिकाकाले टेक्सास् राज्यमा रहेको संस्था नेपाली समाज टेक्सस्को महिला उपाध्यक्षमा नुवाकोट रातमाटेकी सावित्रि भण्डारी महिला उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् । कार्यसमितिको महिला उपाध्यक्ष एक जना भण्डारीको मात्र उम्मेदवारी परेको हुँदा उनलाई निर्वाचन मण्डलले निर्विरोध भएको घोषणा गरेको थियो । भण्डारी नुवाकोट बेलकोटगढी ७ रातमाटे स्थायी बासिन्दा हुन ।
समाजसेवी दिनानाथ नेपालकी नातिनी उनी विगत १० वर्षदेखि अमेरिकामा रहेर काम गर्दै आएकी छन् । यस्तै महिला संयोजकमा पनि शान्ति कुमारी गिरीको मात्र उम्मेदवारी परेको छ । एक एक जनाको मात्र उम्मेदवारी परेको हुँदा दुई जना निर्विरोध भएका छन् । नेपाली समाज टेक्सस (एनएसटी)को आउँदो सन् २०२४÷२५ को नेतृत्वका लागि आउँदो दुई वर्षे कार्यकालका लागि वर्तमान अध्यक्ष राजेन्द्र वाग्ले र पूर्ब महासचिव कमल सत्यालको उम्मेदवारी परेको छ । वाग्लेले आउँदो दुई वर्षका लागि दोहोर्याउने चाहना सहित उम्मेदवारी दर्ता गराएका हुन् भने पूर्ब महासचिव सत्यालले ६ वर्षपछि नेतृत्वमा फर्किने चाहना राखेका छन् । सत्याल सन् २०१५÷१७ कार्यकालमा तत्कालिन अध्यक्ष कृष्ण लामिछाने नेतृत्वको टीममा महासचिव थिए ।
उम्मेदवारी दर्ताको अन्तिम दिन आइतबार साँझ ६ बजेसम्ममा अध्यक्षमा दुई, वरिष्ठ उपाध्यक्षमा दुई, उपाध्यक्षमा दुई, महासचिवमा दुई जनाको उम्मेवदारी परेको बताइएको छ । वरिष्ठ उपाध्यक्षमा जनक भण्डारी र मधुर खरेलको उम्मेदवारी परेको छ । त्यस्तै उपाध्यक्षमा बलराम पौडेल र रविन पाठकले उम्मेदवारी दर्ता गराएका छन् । महासचिवमा विजय भुसाल र सन्देश उप्रेतीले उम्मेदवारी दिएका छन् । उप्रेती वहालवाला महासचिव हुन् भने भुसाल कार्यसमिति सदस्य हुन् ।
सचिवमा सब्दिता प्याकुरेल र पुण्य पाण्डेले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा गुप्तराज जोशी र रामकृष्ण यादवको उम्मेदवारी परेको छ । सहकोषाध्यक्षमा गोबिन्दराज जोशी र सुशील बर्तौला, स्पोर्ट को–अर्डिनेटरमा निलेश श्रेष्ठ र सन्देश संग्रौला, युथ तथा स्टुडेण्ड को–अर्डिनेटरमा सुशील दाहाल र प्रविश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । ५ जना कार्यसमिति सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको छ । कार्यसमिति सदस्यमा जीवलाल भुसाल, कुमार तामांग, मनोज धिताल, राधिका खरेल, प्रदीप अधिकारी, रमेश प्रसाद अधिकारी, दिलिप बस्नेत, रामकुमार साह र राधा पौडेल अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली समाज टेक्ससको निर्वाचन आउँदो डिसेम्बर १६ तारिक हुँदैछ । उम्मेदवारी फिर्ता गर्न चाहनेले आउँदो बुधबार साँझसम्म फिर्ता गर्नसक्ने जनाइएको छ ।नेपाली समाज टेक्सस यस क्षेत्रको सबैभन्दा ठूलो र पुरानो सामुदायिक संस्था हो । सन् १९९७ मा यो संस्था स्थापना भएको हो । अहिले दुईहजार ५ सय १२ जना सदस्य छन् ।एनएसटीले टेक्ससमा रहेका नेपाली समुदायको हितमा काम गर्दै आएको छ । यसका साथै अमेरिकी मुलधारको राजनीतिमा नेपाली अमेरिकीहरुको सहभागिता बढाउने क्षेत्रमा समेत विगत केही वर्षदेखि कार्य गर्दै आएको छ । यो संस्थाले अमेरिकी उच्च अधिकारीहरुलाई समेत निमन्त्रण गरेर गरेर कार्यक्रम गर्दै आएको छ ।