
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति सार्वजनिक गरेको छ । आयोगको आज बसेको बैठकले निर्वाचनको मिति सार्वजनिक गरेको हो । आयोगले जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार आयोगबाट २०८०र१०र१४ मा निर्वाचन कार्यतालिका स्वीकृत भएको छ।
स्वीकृत कार्यतालिका अनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन भै मंसिर २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम रहेको छ। राजनीतिक दल दर्ता भए पश्चात पुष १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुष ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइनेछ । स्वीकृत कार्यतालिका अनुसार पौष ९ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा नि गर्ने र हुनेछ। माघ ११ गते विहान ९ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म मतदानको कार्य सञ्चालनगर्ने जनाइएको छ ।
राष्ट्रिय सभामा रिक्त रहेको सदस्यहरुका लागि नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने तयारी छ । कांग्रेस माओवादीको गठबन्धन समझदारीमा अघि बढेको खण्डमा राष्ट्रिय सभामा एमालेले शुन्य अवस्थाको बाटोमा पुग्ने देखिन्छ ।