नुवाकोट । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, आवास तथा पुनःस्थापनाका लागि तारकेश्वर गाउँपालिकाको अगुवाइमा नेपाल रेडक्रस सोसाइटीले विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ।
बाढी प्रभावित समुदायको तत्कालीन मानवीय आवश्यकता सम्बोधन गर्नुका साथै दीर्घकालीन पुनःस्थापनाका लागि रेडक्रस र तारकेश्वर गाउँपालिकाबीच विस्तृत सम्झौता भएको छ। सम्झौतामा गाउँ पालिका अध्यक्ष शिव अधिकारी र रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बाढीका कारण बेपत्ता भएका परिवारका एकल महिला, अभिभावक गुमाएका बालबालिका तथा ज्येष्ठ नागरिक रहेका परिवारलाई जनही एक लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइनेछ। त्यसैगरी, प्रभावित घरधुरीलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले बहुउद्देश्यीय नगद सहायता प्रदान गरिनेछ।
स्थायी आवासको व्यवस्था नभएसम्म १०० घरधुरीलाई घरभाडा सहायता, ६० घरधुरीलाई संक्रमणकालीन आवास तथा ३०० परिवारलाई जीविकोपार्जन पुनःस्थापना सहायता उपलब्ध गराइने सम्झौतामा उल्लेख छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्