
काठमाडौं । कर्णाली क्षेत्रको पर्यटकीय विकासका लागि भन्दै नेपाल टुरिजम बोर्डले अन्तराष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलो मिटर राफ्ट दौड, द ग्रेट कर्णाली महोत्सवको आयोजना गर्ने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बोर्डले यसबारे जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोर्डले भनेको छ,नेपालको पर्यटन उद्योग जल, बल र आकाश यी तिन वटै प्राकृतिक सम्पदाहरूमा आधारित र संचालित छन् ।
नेपालको पर्यटन उद्योगको विभिन्न विधाहरु मध्य जलसम्पदामा आधारित साहसिक जलयात्रा व्यवसाय पनि एउटा महत्वपूर्ण विधा हो । साहसिक जलयात्रा व्यवसाय नेपालको पर्यटन उद्योग बिशेष गरि साहसिक पर्यटन एउटा अभिन्न अंगको रुपमा विकास र विस्तार हुदैछ । नेपालका विश्व प्रसिद्ध उच्च हिमश्रृंखलाहरु बाट सुजित, अटुट र द्रुतगतिमा बहने ठुला नदीहरु साहसिक जलयात्राको लागि विश्वभर प्रसिद्ध छन । फलस्वरुप नेपाल संसारको उत्कृष्ट सो मध्ये एक हो जुन तिब्बतको पवित्र पर्वत कैलाशको मण्डलाबाट उत्पत्ति हुन्छ ।
कैलाश पर्वतको वरिपरि रहेको साहसिक जलयात्रा गन्तव्यको रुपमा सुपरिचित छ ।कर्णाली क्षेत्रको मनोरम प्राकृतिक परिदृश्य, सांस्कृतिक विविधता र त्यहाँका जनताको न्यानो आतिथ्यताका कारण ठूलो संख्यामा पर्यटक भित्र्याउने प्रचुर सम्भावना रहेको छ । यसबाहेक, कर्णाली नदी आफै ह्वाइटवाटर उत्साहीहरू बीच लोकप्रिय गन्तव्य हो । यसै सन्दर्भमा कर्णाली क्षेत्रको पर्यटन फस्टाउन नेपाल एसोसिएसन अफ राष्टिश एजेन्सिज (ल्ब्च्ब्), नेपाल नदी सरंक्षण स स्था (ल्च्ऋत्) र कर्णाली बेसिन सरंक्षण प्रतिष्ठान (प्द्यऋँ) को संयुक्त रूपमा अन्तराष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलो मिटर राफ्ट दौड, द ग्रेट कर्णाली क्वेस्ट २०२४ माउदो मार्च ०८ देखि १३ सम्म आयोजना हुने भएको छ ।
यस कार्यक्रमलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, कणाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकार तथा स्थानीय तह, नेपाल पर्यटन बोर्डको सहयोग रहेको छ ।मार्च ०८ देखि १३ सम्म तय गरिएको, दैलेख जिल्लाको आठविस नगरपालिकाको राकम कर्णालीबाट कैलाली जिल्लाको दौलतपुर घाटसम्म जांद या राफ्ट दौडल कणर्णाली नदीको किनारमा २४८ किलोमिटरका प्रभावशाली दूरी भर्नेछ, जसले सहभागीहरूलाई मनोरम प्राकृतिक परिदृश्यहरू अन्वेषण गर्ने, चुनौतीपूर्ण यापिडहरू नेभिगेट गर्दै साहसिक अनुभव प्रदान गर्ने र स्थानीय समुदायहरूसँग संलग्न भइ संस्कृक्तिसंग परिचित हुने अवसर प्रदान गर्नेछ।
च्ट को टोली र एक कायाकर सम्मिलित, सहभागीहरूले मार्गमा राखिएका छ वटा शिविरहरू मार्फत रमाइलो यात्रामा संलग्न हुनेछन् । प्रतियोगितामा १६ टोलीहरूको लागि आवेदन फेब्रुअरी ५ २०२४ सम्म खुला गरिएको छ पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा नेपाल सरकार, प्रादेशिक सरकार तथा स्थानीय निकायहरु, कूटनीतिक नियोगहरु, नेपाल पर्यटन बोर्ड, सहभागीहरु तथा कार्यक्रममा सम्बद्ध सबैमा द ग्रेट कर्णाली क्वेष्टलाई सहयोगका आग्रह गरिएको छ ।