भोटेकोशी बाढीमा उत्कृष्ट स्वास्थ्य सेवा दिएको भन्दै त्रिशूली अस्पताल सम्मानित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक २०, शुक्रबार ०८:३४

नुवाकोट। २०८३ भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीका कारण विभिन्न क्षेत्रमा क्षति पुगे पनि त्रिशूली अस्पतालले निरन्तर बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) राजेन्द्र लामासहित चिकित्सक तथा स्वास्थ्यकर्मी सम्मानित भएका छन्।

रसुवा, नुवाकोट र धादिङ जिल्लाका बिरामीका लागि उपचारको प्रमुख केन्द्रका रूपमा रहेको त्रिशूली अस्पतालले बाढीपछिको विषम परिस्थितिमा समेत २४ सै घण्टा स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको थियो। विपद्का बेला घाइते तथा अन्य बिरामीको उपचार, स्वास्थ्य सेवा व्यवस्थापन र आपत्कालीन सेवामा अस्पतालले पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै बागमती प्रदेश सरकारले अस्पताललाई सम्मान गरेको हो।


बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगर, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, मन्त्रालयका प्रदेश सचिव डा. सुमित्रा गौतम र स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झाले अस्पताललाई कदरपत्र प्रदान गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *