
विदुर । नुवाकोट जिल्लाले पहिलो पटक अर्थमन्त्री भएको महसुस गर्न थालेको छ । कार्यकर्तालाई लोभ देखाउने भन्दा पनि काम नै गेर देखाउने स्वभाव भएका अर्थमन्त्री डा. प्रकाशशरण महत पहिलो पटक अर्थमन्त्री बनेसँगै नुवाकोट जिल्लाका केही महत्वपूर्ण ठूला सडकहरुको निर्माण कार्यले थप तिब्रता पाउने भएको छ ।
अर्थान्त्री डा. महतले जेठ १५ गते बजेट बक्तव्य मार्फत सार्वजनिक गर्नुभएका योजनाहरुको लागि स्रोत सुनिश्चितता हुन थालेका छन् । स्रोत सुनिश्चिततासँगै जिल्लाका ठुला सडकहरुको निर्माण हुने पक्का जस्तै भएका छन् । नुवाकोटको पुरानो राजमार्ग बालाजू ककनी सडक निर्माणका लागि पनि स्रोतको सुनिश्चितता भएसँगै त्यसको ठेक्का प्रक्रिया सुरु भएको छ ।
झण्डै आठ वर्षदेखि अलपत्र भएको बालाजु रानीपौवा सडक निर्माणको प्रक्रिया सुरु हुनुले उक्त क्षेत्रका नागरिकले ठुलो राहतको महसुस गरेका छन् । राजधानीबाट नजिक रहेको र पर्यटकीय हिसावले समेत प्रख्यात रहेको ककनी बाटोका कारण यतिखेर सुस्ताएको छ । उक्त सडक निर्माण हुने हो भने नुवाकोटले मात्रै होइन सिंगो मुलुकले नै ककनीबाट फाइदा लिन सक्छ ।
यस्तै ककनी पिपलटार सडक निर्माणका लागि पनि स्रोतको खोजी भैरहेको र यस विषयमा पनि प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ । यस्तै मन्त्रालयले हालै तादी दुप्चेश्वरको लाइफ लाइन सडक तथा नुवाकोटको सडक निर्माणको अर्को मुख्य मेरुदण्ड मानिएको गंगटे(लब्धु(समुन्द्राटार(गोल्फु भन्ज्यांग सडक निर्माणको लागि १ अर्ब २० करोडको स्रोत सुनिस्चित गराएको छ । अर्थ मन्त्रालयले विभिन्न १२ आयोजना निर्माणको लागि स्रोत सुनिस्चितताको माग गरेको मध्ये ५ योजना निर्माणमा स्रोत सुनिस्चित गरेको हो ।मन्त्रालयले स्रोत सुनिस्चित गरेसंगै अब यो आयोजना निर्माणको लागि बहुबर्षिय ठेक्का खुल्ने भएको छ ।
यो योजना अन्तर्गत यो आर्थिक बर्षमा ३० करोड बजेट सुनिस्चित गरिएको छ । यो सहित मन्त्रालयले स्रोत सुनिस्चित गरेका आयोजनाहरुमा धनगडी(खुटिय(दिपायल(चैनपुर(उरै भन्ज्यांग योजनाको सलेना – राजपुर सडक योजनालाई ७५ करोड, सालझन्डी(सन्धिखर्क(ढोरपाटन सडक योजनाको गुल्मी(सिर्सेनी(अर्खावाङ(गंगरे सडक खण्ड स्तरोन्तिको लागि ६७ करोड ४८ लाख, डुम्रे(बेसीसहर(चामे सडक योजनालाई ९७ करोड र कोशी करिडोर निर्माणको लागि २ अर्व रकमको सहमति रकम सुनिस्चित गरिएको छ ।
यस्तै अर्थमन्त्री महतको सक्रियतामा नै छहरे टोखा सुरुड.मार्गका लागि पनि प्रारम्भिक अध्ययन समेत पूरा भैरहेको छ । अर्थमन्त्रालयले उक्त आयोजनाको सम्भावित अध्ययनसहितका कामका लागि १ अर्ब बजेट विनियोजन गरेको छ । यसले सुरुड.मार्ग निर्माणका हुनेमा विश्वासिला आधार तयार पारेको छ ।यस्तै अर्थमन्त्री महत र बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाको सक्रियतामा नुवाकोट जिल्लाका अधिकांश सडक योजनाहरु तथा अन्य क्षेत्रहरुमा ई पनि बजेट विनियोजन गरिएको छ । केन्द्रमा डा. महत र प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाको सक्रियता र जिल्लामा आएका बजेट कार्यान्वयन हुने हो भने साच्चिकै नुवाकोट जिल्लाले विकासको अनुभव गर्न पाउने भएको छ ।
तस्बिर ः गुगल फाइल