
पोखरा । अर्थमन्त्री डा। प्रकाशशरण महतले अबको पर्यटन त्यस्तै होइन, छुट्टै हुनुपर्ने बताउनुभएको छ । शुक्रबार पोखरामा ८ औं पर्वतीय महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री डा। महतले प्राकृतिक र अर्गनिक उत्पादन मात्र सर्भ गर्न पोखराका व्यवसायीलाई अनुरोध गर्नुभयो ।
मन्त्री डा। महतले भन्नुभयो, ‘एउटा होटलबाट सुरु गरौं न यो काम । त्यसपछि यहाँका कृषि उत्पादनले बजार पाउँछ । बजार पाएपछि यहाँका किसानले प्राकृतिक र अर्गनिक खेती गर्न थाल्छन् । खानपिन, रहनसन, भेषभूषा अर्गनिक र पुरानोशैलीको निर्माणले मात्र अब पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।’
‘त्यहाँ छुट्टै कुरा अनुभव गर्न पाइन्छ, छुट्टै कुरा देख्न पाइन्छ भने मात्र पर्यटक आउँछन् । अरुतिरको जस्तै हेर्न यहाँ पर्यटक आउँदैन’ मन्त्री डा। महतले भन्नुभयो, ‘गण्डकी प्रदेश नै सुन्दर ठाउँ हो । तर अहिले नकरात्मक प्रभावबाट दूषित भइरहेको छ । अबको पर्यटन भनेको विशिष्ट पहिचान, सांस्कृतिक, जीवनशैली र विकास निर्माण हो । यहाँको विशिष्टतालाई हामीले पहिचान गर्नुपर्छ । हाम्रो हिमाल, पहाड, सभ्यता, संस्कृति र जीवनशैलीलाई हामीले संरक्षण गर्नुपर्छ ।’
‘पर्यटकको आगमनले हाम्रो जनजीवन पनि माथि उठ्छ । स्थानीय उत्पादनलाई सरकारले अनुदान दिन्छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न आयातमा हामीले भ्याट लगाएका हौं । स्याउको उत्पादनलाई प्रवद्र्धन गर्न आयातितलाई भ्याट लगाइएको हो’ मन्त्री डा। महतले भन्नुभयो, ‘कृषि उद्यमीले अब ठूलो स्केलमा उत्पादन गर्नुपर्छ, जग्गा छ, मान्छे छैन भने उनीहरुको जग्गा पनि भाडामा लिएर उत्पादन बढाउनुपर्छ ।’
‘अब हामी प्राकृतिक खेतीमा फर्किनुपर्छ । पहिला हामीले जे गरिरहेका थियौं, त्यही नै ठीक हो’ मन्त्री डा। महतले भन्नुभयो, ‘अहिले संसार त्यतैतिर फर्किरहेको छ । अब हामीले जीवनशैलीलाई विस्तारै परिवर्तन गर्न जरुरी छ ।’
मन्त्री डा। महतले भन्नुभयो, ‘७५ प्रतिशत पहाड र हिमाल छ । यही पहाड र हिमालमा पर्वतीय संस्कृति बनेको हो । यसभित्रको जनजीवन, संस्कृति र सभ्यता जोडिएर आउँछ । हिजोका दिनमा पहाड र हिमाललाई नदीले एकअर्कासँग छुट्टाएको हरेक केही माइलभित्र विभिन्न सभ्यता र संस्कृतिको विकास भएको छ । जलवायुको विविधताले विभिन्न खालका वनस्पति, चराचुरङ्गी र जनावर पाइन्छ । यो हो हाम्रो पवर्तनीय स्वरुप हुन ।