
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अवस्था कमजोर बन्दै गएको आरोप लगाउनु भएको छ । नेकपा एमालेद्धारा आयोजित संकल्पयात्राका क्रममा आज लमजुङको सुन्दरबजारमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता ओलीले सरकारबाट एमाले बाहिरिएपछि देश झन कंगाल भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो ‘नयाँ उद्योग नखुलेकाले रोजगारी नहुँदा देशको अवस्था नाजुक छ। विकास निर्माणका काम ठप्प छन्, सरकारले जनताको आबस्यकता अनुसारको काम गर्न सकेको छैन।ु अर्को एक फरक प्रशंगमा अध्यक्ष ओलीले एमालेले बाहेक कसैले पनि देश बनाउन नसक्ने दाबी गर्नुभयो उहाले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेकोसमेत दोहोर्याउनुभयो । राष्ट्रियताका सन्दर्भमा वर्तमान गठबन्धनले शिर निहुराउने काम गरेको पनि उहाको आरोप थियो। समृद्ध नेपाल, सुखी नेपाली बनाउन र एमालेको एकल बहुमत र देशको अहिलेको दयनीय अवस्थालाई रोकेर अघि फर्काउन पनि मिसन ८४ सुरु गरिएको अध्यक्ष ओलीलेको भनाई थियो ।
अध्यक्ष ओलीले खस्कदो अर्थतन्त्र, बेरोजगारी जस्ता कारणले युवा जनशक्ति पलायन हुने क्रम तीव्र बनेको भन्द यसलाइृ एमालेले राक्ने दावी पनि गर्नुभयो ।यसैबीच नेकपा एमालेको संकल्पायात्रा भोलि नुवाकोट आइपुूगने भएको छ । नुवाकोटमा आइपुग्ने टोलीलाई अध्यक्ष केपी शर्मा ओलीले एक भव्य कार्यक्रमकाबीच सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमालले जनाएको छ । बट्टार हावाघरमा सभाको आयोजना गरिने र त्यसको तयारी गरिरहेको एमालेले जनाएको छ । सभाकालागि एमालेले जिल्लाभरबाट पार्टी नेता कार्यकर्तालाई विदुरमा आउन उर्दी जारी गरेको छ ।