
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० मंसिर २९ गते शुक्रबार दिउँसो १२ः१५ बजे पार्टीको केन्द्रीय कार्यालयमा ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि कांग्रेस केन्द्रीय कार्यालयलेअनुरोध गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसारबैठकमा महासमिति बैठक तयारी सम्बन्धमा , जाजरकोट भूकम्प सम्बन्धमा ,समसामयिक राजनीतिक सम्बन्धमा छलफल हुने उल्लेख गरिएको छ ।