
राजधानीमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेड ले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । पौष ४ गते बुधबार बसेको सञ्चालक समितिको २९७औं बैठकले आर्थिक वर्ष २०७९÷८० को सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव गर्ने निर्णय गरेको बैंकद्धारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । प्रश्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिने छ ।
हाल विकास बैंकको चुक्ता पूजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया १४ पैसा मात्र रहेकोमा प्रश्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात रु. ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैंया ५७ पैसा पुग्नेछ । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखा कार्यालय र ५१ वटा ब्त्ः मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।