
काठमाडौँ- नेपाल बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा तिलकराज पाण्डे नियुक्त भएका छन्। बैङ्कले एक सूचना जारी गर्दै सिइओमा पाण्डे नियुक्त भएको जनाएको हो।
बैङ्कको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले सिइओका लागि ‘सर्ट लिस्ट’मा परेका पाँच जनाबाट पाण्डेलाई आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेको हो।