
काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्यि वाणिज्य बैंकले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले करसहित ५.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश आगामी साधारणसभाबाट अनुमोदन भएपछि वितरण हुन बैंकले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
उक्त साधारणसभा प्रयोजनका लागि पुस १८ गते बैंकको बुक क्लोज हुन विज्ञप्तिमा उल्लख गरिएको छ । बैंकले नगद लाभांशसहित अन्य निर्णयहरुका लागि आगामी पुस २९ गतेका लागि साधारणसभा बोलाएको छ । दरबारमार्गस्थित बैंकको आफ्नै सभाहलमा हुन साधारणसभामा बैंकले गत आर्थिक वर्ष २०७९।०८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात,नाफा नोक्सान लगायतका विषयमा छलफल हुने जनाइएको छ ।