
विदुर – नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजना भएको दुई विद्यार्थीले उत्कृष्टता अवार्ड हात पारेका छन् ।
आईतबार भएको “स्टुडेन्ट अफ द एयर” मा छात्र र छात्रा गरी दुई विद्यार्थी यसवर्षको उत्कृष्ट विद्यार्थी घोषित भएको छ ।
छात्रातर्फ प्रकृति रिमाल र छात्र वसन्त तिमिल्सिना उत्कृष्ट विद्यार्थी भएको स्ववियुका अध्यक्ष रविन दाहालले जानकारी दिए । अडिसन, नकआउटलगायतका चरण पार गर्दै प्रकृति र वसन्त उत्कृष्ट ठहरिएको हो ।
फाइनलमा छात्रतर्फ बसन्तसहित रामेश्वर गजुरेल र निरन डंगोल पुगेका थिए भने छात्रातर्फ प्रकृतिसहित सलिना रिजाल र दिक्षा लामा पुगेका थिए ।