
काठमाडौँ । आफ्नो नेतृत्वमा गठन भएको सरकारको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भोलि मङ्गलवार राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट भोलि दिउसो ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्नुहुनेछ ।
गत मंसिरमा सम्पन्न आमनिर्वाचनपछि प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा पुस १० गते सरकार गठन भएको थियो ।
प्रधानमन्त्रीको सम्बोधनको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ ।