विदुर । नुवाकोट जिल्लाको विदुर नगरपालिकालाई मुख्य कार्यक्षेत्र बनाउँदै स्थापना भएको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा विदुर नगरपालिका वडा नम्बर ४ संगमचोक नजिक रहेको श्री युनाइटेड आधारभूत विद्यालयमा अध्यनरत १५० जना विद्यार्थीहरुलाई जुत्ता र मोजा वितरण गरेको छ ।आईतबार एक कार्यक्रमकाबीच सहकारीका अध्यक्ष केशव मिश्रले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष देवनारायण चित्रकार र प्रधानाध्यापक नवराज पाण्डेलाई हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष नारायण श्रेष्ठ, पूर्व अध्यक्ष रमेशकुमार श्रेष्ठ, दिनेशकुमार श्रेष्ठ,सहकारीका पदाधिकारी, कर्मचारीहरु, विद्यालयका व्यवस्थापन समितिका सदस्य, शिक्षक, अभिभावकहरुको उपस्थितिमा सामग्री वितरण गरिएको छ ।