काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा दुई देशबीचको सम्बन्धलाई थप गाढा बनाउने विषयमा गम्भीर रुपमा छलफल भएको छ।दुई देशबीचको सम्बन्ध, व्यापार, कनेक्टिभिटी, पारवहन, जलस्रोतलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभएको छ । उहाका अनुसार बैठकमा चार वटा सहमतिपत्रमा हस्ताक्षार भएको छ। १० वर्षमा १० हजार विद्युत निर्यात गर्नेसम्बन्धी सहमतिपत्र, स्याटेसाइट प्रक्षेपणलगायत रहेका छन् । यस्तै आज तीन वटा क्रसबोर्डर ट्रान्समिसन लाइनको उद्घाटन पनि भएको छ।
भारतले जाजरकोट भूकम्पमा १० अर्ब सहयोगको घोषणा पनि गरेको छ। नेपाल र भारतबीच पछिल्लो पटक भएको यो सम्झौता दुबै देशका लागि महत्वपूर्ण रहेका छन् । सम्झौता अनुसार भारतले विद्युत किन्ने अवस्था बनेको खण्डमा नेपालले जलविद्युत क्षेत्रबाट राम्रै फड्को मार्ने अवस्था रहेको छ ।