विदुर । नुवाकोट जिल्लाको शिवपुरी गाउँ पालिकामा वृद्ध महिला हत्यामा संलग्न भएका एक युवलाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिबपुरी गाउँपालिका वडा नम्बर ६ स्थित साल्मेटार बस्ने २२ वषीर्य सुकु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीले आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको घटना विवरण अनुसार पुस १६ गते राति १० बजेको समयमा शिबपुरी गाउंपालिका बडा नं ०६ बखतीटोल खत्रीटो बस्ने ७५ वर्षीया महिलालाई बाख्रा खोरमा कर्तब्य गरि हत्या गरेका थिए । हत्या गरेसँगै मृतकले नगद ८३ हजारसहित कानमा लगाएको सुनका गहना बेरुवा २ थान तथा घरमा रहेको नगद, सुनको गहनाहरु तिलहरी लगायत समान लुटि फरार भएका थिए । महिलाको हत्या भएसँगै जिल्ला प्रहरी कार्यालय नुवाकोटको सुक्ष्म अनुसन्धानबाट उल्लेखित अभियुक्त पत्ता लगाई हिजो पुस १८ गते आफ्नै गाउँघरमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गर्न सफल भएको थियो ।
घटना विवरण अनुसार मृतक नेत्र कुमारी घर्ति क्षेत्रीको शव पुस १७ गते अन्दाजी ६ बजेको समयमा उनकै बाख्राको आफ्नै बाख्राको खोरमा मृत अवस्थामा छिमेकी आफन्तले फेला पारी प्रहरीलाई खबर गरेकोमा तत्कालै नजिकै रहेको ईलाका प्रहरी कार्यालय सिक्रेपुरी, प्रहरी चौकी शेराबगर, अस्थाई प्रहरी पोष्ट गुर्जेभन्ज्याङबाट तथा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रउ समेतको अनुसन्धान गरिएको थियो । मृतक नेत्र कुमारी लामो समय देखि सो स्थानमा एकल महीलाको रुपमा जीवनयापन गर्दै आएकी थिईन ।
अभियुक्तले हत्या गरे पश्चात घट्नास्थलबाट फरार भई आफ्नो घरमा आई भोलिपल्ट बिहान सबेरै काठमाण्डौ टोखा तर्फ गाडी चढी गएको र लुटि लगेको नगद तथा गरगहना बुढानिलकण्ठ नगरपालिका वडा नं ६ स्थित च्यासिङटोलको जंगल स्थित झाडिमा निज अभियुक्तले गाडेको अवस्थामा प्रहरी टोलीले बरामद गर्न सफल भएको । पक्राउ कसुरदार गाजा सेवन गर्ने दुर्व्यसनी समेत रहेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार घट्नास्थल अनुसंधानमा महाशाखा काठमाण्डौबाट प्रहरी अधिकृतको नेतृत्वमा आएको तालीम प्राप्त दक्ष कुकुरहरुको समेत सहयोग लिई घटनाको अनुसन्धान गरिएको थियो । पक्राउ परेसँगै अभियुक्तलाई मुलुकि अपराध संहिता २०७४ बमोजिम ज्यान तथा लुटपाट सम्बन्धी कसूरमा जिल्ला अदालत नुवाकोटबाट दिन ७ सात म्याद लिई अनुसंधान अगाडी बढाइएको जनाइएको छ